दशकपछि विश्वकै अर्थतन्त्र फेरि ‘खतरामा’: आइएमएफ

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले विश्वको अर्थतन्त्र एक दशक पहिले भएको वित्तिय संकट पछि फेरि समस्यामा पुगेको जनाएको छ । 

आइएमएफको अनुमान अनुसार यो वर्ष विश्वको अर्थतन्त्रमा मात्र ३ प्रतिशत विकास हुने भएको छ । 

केही दिनअघि अर्को एक रिपोर्टमा आइएमएफले छिमेकी मुलुक चीनको अर्थतन्त्र भारतसँग व्यापार युद्ध भएपछि खस्किएको एक रिपोर्ट निकालेको थियो । हाम्रो अर्को छिमेकी मुलुक भारतको पनि विकास दर यसपटक घटेर ६.१ प्रतिशत मात्र रहने आइएमएफको अनुमान छ । यसअघि भारतकै अर्थतन्त्र विकास दर ७.३ प्रतिशत हुने अनुमान आइएमएफले अप्रिलमा गरेको थियो । फेरि जुलाइमा आइएमएफले भारतको विकास दर ७ प्रतिशतभन्दा बढी नहुने अर्को प्रक्षेपण गरेको थियो ।

आइएमएफकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वकै अर्थतन्त्र समस्यामा परेको बताएकी हुन् ।

त्यही कार्यक्रममा आइएमएफले चीनको आर्थिक वृद्धि पनि ६.१ प्रतिशत रहने अनुमान गरेको छ । यो वृद्धि सन् २०२० मा ५.८ प्रतिशत हुने अनुमान छ । यसअघि सन् २०१८ मा चीनको आर्थिक वृद्धि ६.६ प्रतिशत थियो ।

विश्वको विकास दरमा पनि यसपटक आएको गिरावट अर्को वर्ष अलिक बढ्ने अनुमान गरिएको छ । अर्को वर्ष अर्थात् सन् २०२० मा विश्वको विकास दर ३.४ प्रतिशत हुने अनुमान गरिएको छ ।



यो विकास दरको अनुमान भनेको एक दशकअघि विश्वमा देखिएको आर्थिक संकटको समयको भन्दा पनि कम हो ।

विश्व व्यापारमा आएको गिरावट र उत्पादनको माग बढ्नुको कारणले विश्वको अर्थतन्त्र समस्यामा पर्न थालेको आइएमएफको निष्कर्ष छ । यो संकटबाट माथि आउनका लागि विश्वमा नीति निर्माताहरुले व्यापारमा भइरहेको समस्यालाई पहिले समाधान गर्नुपर्ने आइएमएफले जनाएको छ ।



  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ७:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया