विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

जनकपुर– विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी शिव थापालाई पराजित गर्दै अबको नेतृत्व आफ्नो पोल्टामा पारेका हुन् । 

जनकपुरमा अहिले विवेकशीलको अधिवेशन चलिरहेको छ । २८ कार्तिकबाट सुरु भएको अधिवेशन कार्तिक २ गतेसम्म चल्नेछ । यही अधिवेशनबाट पार्टीको महासचिवमा निर्देश सिलवाल, नीति सचिवमा संजीव भट्टराई पनि विजयी भएका छन् । 

विवेकशील नेपालीको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा १० जना र महिला सदस्यमा ३ जना चुनिएका छन् । संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन् । त्यस्तै, संघीय समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डंगोल र सरला लामिछाने निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ९:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया