कंगनाकी बहिनीले उडाइन् करिना र आलियालाई

एजेन्सी– केही दिनअघि मात्र मुम्बईमा मामी फिल्म फेस्टिभल आयोजना गरिएको थियो । यो कार्यक्रममा निकै धेरै सेलेब्रिटी पुगेका थिए । 

यही फिल्म फेस्टिभलको अन्त्यमा करण जौहरले एउटा प्यानल चलाएका थिए । यो प्यानल छलफलमा थिइन् करिना कपुर र आलिया भट्ट । यी तीनले कार्यक्रममा निकै रमाइलो गरेका थिए । कतिसम्म भने आलिया र रणबीरको विवाहको कुरा पनि यो कार्यक्रममा चलाइएको थियो । 

अब यही विषयलाई लिएर अर्की अभिनेत्री कंगना रनौटकी बहिनी रंगोली चन्देलले मजाक उडाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘मामीको अन्त्य यस्तो थियो कि मानौँ अहिले सबैभन्दा महान कलाकार आलिया हुन् र उनी करिनाकी भाउजू हुन् । मजस्तो गँवारले कसरी थाहा पाउनु कलाको कुरा ?’





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ११:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया