भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिटनेस राज

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही अघि आफ्नो ६९ औं जन्मदिन मनाउँदै छन् । लगातार सामाजिक सन्जालमा आफ्नो फिटनेसलाई लिएर चर्चामा रहिरहने मोदीले वास्तवमै फिटनेसलाई विशेष ध्यान दिन्छन् । बडी फिट तो माइन्ड हिट नारा पनि उनले भारतीयलाई दिएका थिए । 

दैनिक १८ घन्टा काम गर्ने मोदी आखिर कसरी आफ्नो फिटनेस मेन्टेन गर्छन् त ? यसको राजः 

नरेन्द्र मोदी विहान पाँच बजे उठ्छन् । उनले एउटा अन्तर्वार्तामा आफूले दैनिक ५ देखि ६ घन्टा निद्रा लिने बताएका छन् । मोदी विहान उठेपछि विस्तारमा पल्टिरहँदैनन् । उनी योगा गर्न थाल्छन् । 

मोदी विहान हरेक दिन आधा घन्टा योगासान तथा प्रणायामका लागि दिन्छन् । सूर्य नमस्कार उनी दैनिक गर्छन् । त्यसपछि आधा घन्टा उनी मर्निङ वाक गर्छन् । 

मोदीले उपवासमा बस्दा मानिसको स्वास्थ्य ठिक हुने विश्वास गर्छन् । त्यसैले पनि हुनुपर्छ, मोदी नवरात्रीमा पूरै ९ दिनसम्म व्रत बस्छन् ।

नरेन्द्र मोदी विहानको खानमा हल्काफुल्का खान्छन् । एन्डी मरिनोले लेखेको उनको किताबमा उनले धेरै पहिले नै नुन खान छोडिदिएको लेखिएको छ । उनी विस्तारै आफ्नो खानाबाट खुर्सानी पनि हटाउने पक्षमा छन् । मोदीले सादा खाना खान्छन् ।



जुनसुकै मौसममा पनि मोदीले मनतातो पानी खान रुचाउँछन् । मोदीको प्रत्येक दिनको खानामा सलाद बढी हुन्छ । 

मोदी स्वास्थ्य रहनुको अर्को राज हो, उनी शाकाहारी हुन् । मोदीलाई गुजराती खाना निकै मन पर्छ । त्यसपछि उनी दक्षिण भारतीय खाना रुचउाँछन् ।



  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार ११:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया