काठमाडाैं– ट्राफिक प्रहरीले कलंकी–थानकोट र नागढुंगा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो ।
यस सडक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदै छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए ।
सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवत–जावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।