मानवमूत्र बेचेर मनग्य आम्दानी गर्दै गाउँपालिका

म्याग्दी– जिल्लाको मंगला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान सुरु गरेको छ । म‌ंगला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । गाउँपालिकाको वडा नं ५ अर्मनको शिशु कल्याण माविमा दुई वर्षदेखि शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने र त्यसलाई बिक्री गरी आयआर्जन गर्ने गरिएको छ ।

त्यहाँका किसान पनि मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । म्याग्दीमा नै पहिलोपटक मंगला गाउँपालिका–५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १३:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया