लोकसेवाले खुलायो सहसचिव र उपसचिव पदमा विज्ञापन

काठमाडौं– लोक सेवा आयोगले बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ ।

आयोगले निजामती सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन खुलाएको हो । स्वास्थ्य सेवामा नवौँ र एघारौँ तहमा विज्ञापन भएको हो ।  

आयोगले योग्यता पुगेकाहरूले मंसिर ३ गतेसम्म दरखास्त दिन सक्ने सूचना जारी गरेको छ । दरखास्त फारम आयोगको वेवसाइट जततउस्ररउकअ।नयख।लउ बाट डाउनलोड गर्न सकिन्छ । प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ ।

दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेस गर्न सकिनेछ । दरखास्त शुल्क प्रथम श्रेणीका लागि एक हजार पाँच सय र दोस्रो श्रेणीका लागि एक हजार दुई सय रुपैयाँ तोकिएको छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १४:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया