कन्चनपुरमा हात्तीले कुल्चिँदा एककाे मृत्यु

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा हात्तीले कुल्चिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाटा नगरपालिका १ बन्साका ६५ वर्षीय बलदेव बोहरा रहेका छन् । 

बाख्रा चराउन घरभन्दा करीब एक किलोमिटर टाढाको जंगलमा गएका बोहोरालाई हात्तीको समुहले कुल्चिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए । उनीसँगै गएका नारायण सार्की भने भागेर घर पुगेका थिए । 

घटनास्थलमा प्रहरी परिचालन गरी घटनाबारे मुचुल्का उठाउने काम भइरहेको एसपी आचार्यले बताए । घटनापछि स्थानीयले हात्तीको आक्रमणबाट बच्न बिद्युतीय तारको माग गरेका छन् ।

तीन वर्षअघि बेलौरी नगरपालिकाको जंगलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १८:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया