पत्याउनुहोस्, केही समयमा आउँदैछ यस्तो टमाटर

एजेन्सी– हामीले भान्सामा पक्कै पनि गोलभेँडा प्रयोग गर्ने गरेका छौँ । अझ कतिले त गोलभेँडाको अचार बनाउने पनि गर्छौँ होला । कतिपय भान्सामा चाहिँ दैनिकजसो नै गोलभेँडाको अचार बनिरहेको हुन्छ । त्यसमा खुर्सानी चाहिँ छुट्टै हाल्नु पर्छ । 

तर, अब यस्तो गोलभेँडा बनाइँदैछ जसमा खुर्सानी नै हाल्नु पर्दैन । बरु यही गोलभेँडा नै खुर्सानीजस्तो पीरो हुन्छ। वैज्ञानिहरुले गोलभेँडाको जिन एडिट गरेर यस्तो बनाउन लागेका हुन् । यसका लागि टमाटरमा क्यापसाइडिसिनोइड्स प्रयोग गरिने भएको छ । यसले टमाटरलाई पीरो बनाउनेछ । 

यो सन् २०१९ को अन्त्य सम्ममा बजारमा आउन सक्नेछ । अहिले दुई देश ब्राजिल र आयरल्यान्डमा यसको काम गरिँदै छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १९:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया