लमजुङमा भ्यान दुर्घटना

लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

पाउँदी–बोराङखोला रुटमा चल्दै आएको ना १ ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान बुधबार दिउँसो एक बजे राइनासतर्फ जाने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङका अनुसार घाइते हुनेहरुमा सुन्दरबजार नगरपालिका ७ का वर्ष ५५ का उदय मल्ल, राइनास नगरपालिका ८ का वर्ष ४५ का प्रेम रानाभाट, राइनास नगरपालिका ६ का वर्ष २५ का मन्दिरा सिर्मल नेपाली, वर्ष १० कि सिर्जना सिर्मल नेपाली, वर्ष ४५ की सुनपा ७ लक्ष्मी शाह र सुन्दरबजार नगरपालिका ६ का वर्ष ४६ का सुनिता मल्ल रहेका छन् ।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि चितवन, एक जनालाई काठमाडौं पठाइएको र तीन जनाको सुन्दरबजारको कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक राइनास नगरपालिका ६ वस्ने वर्ष २१ का विक्रम तामाङ फरार छन् ।

चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुङले बताए । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १९:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया