बिरामीलाई किन आइसियुमा ?

आइसियूको पूरा नाम इन्टेन्सिभ केयर युनिट अर्थात् सघन उपचार कक्ष हो, यस वार्डमा गम्भीर खालका बिरामीलाई राखिन्छ । यससँग सम्बन्धित विज्ञानलाई क्रिटिकल केयर मेडिसिन भनिन्छ । 

रक्तचाप कम भएर औषधि प्रयोग गनुपर्ने, मुटुको रोगी, निमोनिया भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थालगायत सिकिस्त बिरामीलाई आइसियूमा राख्ने गरिन्छ । नियमित रूपमा चिकित्सकको निगरानीमा राख्नुपर्ने बिरामीलाई आइसियूको आवश्यकता पर्छ ।

कस्तो अवस्थामा राखिन्छ ?

  •  सामान्यतया बिरामीको अवस्था हेरेर २४ देखि ७२ घन्टासम्म (अवलोकन समय) आइसियूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसियूबाट जनरल वार्डमा सार्न सकिन्छ । 
  •  शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गाैला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा राखिन्छ । फोक्सोमा  अक्सिजनको मात्रा कम भएमा बाह्य स्रोतबाट अक्सिजन प्रदान गरिन्छ । बिरामीलाई अवस्था हेरेर १२ देखि १४ लिटरसम्म दिन सकिन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । 
  •  मुटुको चालमा हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आइसियूको आवश्यकता पर्छ । 




  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १९:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया