माइकल ज्याक्सन कमाउँछन् जीवित सेलेब्रिटीभन्दा बढी

माइकल ज्याक्सन विश्वका मृत्यु भइसकेका सेलेब्रिटीमध्ये सबैभन्दा धेरै कमाउने सेलेब्रिटी हुन् । फोब्र्सका अनुसार, माइकल ज्याक्सनले २०१७ मा मात्रै ७५ मिलियन अमेरिकी डलर (नेपाली ५२८ करोड) कमाएका छन् ।

उनले कमाएको सो रकम आजसम्म अन्य मृतक सेलेब्रिटीले कमाएको भन्दा निकै धेरै हो । त्यसकारण उनलाई जीवित रहँदाभन्दा मृत्युपछि धेरै कमाउने सेलेब्रिटीको नामले चिनिन्छ ।

सन् २०१६ मा ज्याक्सनको कमाइ आठ सय मिलियन डलरभन्दा माथि थिया, जुन रकम अहिलेसम्म जीवित वा मृतक सेलेब्रिटीले वार्षिक रूपमा कमाएको रकमभन्दा ज्यादा हो । उनले कमाएको रकमको आधा हिस्सा श्रेय सोनी र एटिबी क्याटलगलाई जान्छ । माइकल ज्याक्सनले उक्त मिडिया प्रसारणका लागि सन् १९८१ मा किनेका थिए ।

लास भेगासको सिर्किउ डु सोलिइल सोबाट र उनको प्रकाशित क्याटलग (जसमा अन्य प्रख्यात संगीतकारले पनि फिचर गरेका छन्) बाट पनि उनले मिलियन कमाए । फोब्र्सका अनुसार, ज्याक्सनले आफ्नो सांगीतिक करिअरमा ३ अर्ब डलरभन्दा धेरै कमाए । सन् २००९ मा चिकित्सकले नियोजित रूपमा सुझाएको औषधि सेवनका कारण मृत्यु भएको थियो । केही समयपछि उनका चिकित्सकलाई अनैच्छिक हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

फोब्र्सका अनुसार २०१७ को सबैभन्दा धेरै कमाउने मृतक सेलेब्रिटीको सूचीमा गोल्फेर आर्नाेल्ड पल्मेर (९४० मिलियन अमेरिकी डलर), व्यंग्य चित्रकार चाल्र्स स्चुल्स (९३८ मिलियन अमेरिकी डलर), एल्विस प्रेसले (९३५ मिलियन अमेरिकी डलर) र बब मार्ली (९२३ मिलियन अमेरिकी डलर) छन् ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २३:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया