बैठक बसिरहेको ठाउँबाट विप्लवका २१ नेता पक्राउ

दाङ– दाङको गढवामा बैठक बसिरहेको स्थानबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका २१ नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु एउटा घरमा बैठक बसिरहेका थिए । गस्तीमा गएको प्रहरीले त्यहाँ छापा मारेको थियो ।

गए राति २ बजेतिर नेपाल भारत सीमामा पर्ने उक्त ठाउँबाट उनीहरुलाई प्रहरीको गस्तीमा गएको टोलीले पक्राउ गरेको हो । दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले फरक धारलाई बताएअनुसार उनीहरुबाट ठूलो परिणाममा हातहतियार तथा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेको सूची चाहिँ प्रहरीले सार्वजनिक गरिसकेको छैन ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १०:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया