एजेन्सी– यो घटना अमेरिकाको केन्टुकी राज्यको हो । एक महिला कर्मचारीको चातुर्य, फुर्ती तथा तेज दिमागका कारण एउटा होटलमा चोरी रोकिएको छ । अनि यो घटना सिसिटिभीमा कैद पनि भएको छ ।
त्यो सिसिटिभीमा कैद भएको भिडियो केन्टुकीको प्रहरीले आफ्नो फेसबुकमा राखेको छ । त्यसपछि त ती महिलाको बहादुरी तथा र सुझबुझको निकै प्रशंसा गरिएको छ ।
खासमा एउटा चोर बन्दुक लिएर होटलमा लुट्न पुगेको हुन्छ । उसले काउन्टरमा बन्दुक देखाएर महिलासँग सबै पैसा माग्छ । जब चोर ती नोट बटुल्न थाल्छ, महिलाले उसले टेबलमा राखेको बन्दुक समाएर उसैलाई ताक्छिन् ।
प्रहरीले यो भिडियो आफ्नो फेसबुकमा राखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।