काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले युएईका कप्तान मोहमद नाभिद र अन्य दुई खेलाडीलाई प्रतिबन्ध लगाएको छ । उनीहरुले म्याच फिक्सिङ गरेको आरोपमा यो प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्धित अन्य दुई खेलाडी साइमन अनवर र क्वाडर अहमेद हुन् । आइसिसीले प्रेस विज्ञप्ति निकाल्दै यस्तो निर्णय गरेको जनाएको छ ।
टी २० विश्वकपको छनोट सुरु हुने यो समयमा आइसिसीको यो निर्णय आउँदा युएईको टिम समस्यामा पर्ने निश्चित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।