प्युठानमा उपनिर्वाचनको चहलपहल

प्युठान— प्युठानका दुई स्थानीय तहको तीन वडामा उपनिर्वाचनको माहोल बढेको छ । जिल्ला निवार्चन कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–२ र ऐरावती गाउँपालिका–१  र  २ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । प्युठान नगरपालिका–२का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र  ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन हुन लागेको हो । 

उपनिवार्चन हुने भएपछि जिल्लामा गत १७ साउन गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको छ । निवार्चन आयोगको निर्देशनअनुसार निवार्चनका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । रिक्त रहेका वडामा अहिले वडा सदस्यले कार्यवाहक अध्यक्षका रूपमा कार्यालयको कामकाज सञ्चालन गर्दै आएका छन् ।

ऐरावती गाउँपालिका–१ मा वडाध्यक्ष पदका लागि पूर्व माओवादीले, २ मा राजमोले र प्युठान नगरपालिका–२ मा पूर्व एमाले निवार्चनमा निर्वाचित भएका थिए । अहिले एमाले र माओवादीको एकता भइसकेको छ । 

निर्वाचनको समय तोकिएसँगै उपनिर्वाचन हुने वडाहरूमा कार्यकर्ता भेटघाट तथा छलफलका कार्यक्रम पनि भएका छन् । उपनिवार्चनका लागि उम्मेदवार नतोकिए पनि निर्वाचनका लागि आकांक्षी धेरै देखिएको छन् । अबको केही दिनमै उपनिर्वाचनका लागि वडाअध्यक्षको उम्मेदवार पार्टीले तोक्ने नेताले बताए । 

ऐरावती गाउँपालिका–१ मा उपनिवार्चनका लागि दुई हजार चार सय ७३ मतदाता रहेका छन् भने वडा नं. २ मा दुई हजार पाँच सय ५३ रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । यस्तै, प्युठान नगरपालिका–२ मा दुई हजार नौ सय ४७ जना उपनिवार्चन लागि मतदाताको संख्या रहेको निर्वाचन कार्यालय प्युठानले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार ११:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया