चिनियाँ कुटनीतिज्ञलाई सोधेर मात्र कार्यक्रममा जान अमेरिकी उर्दी

एजेन्सी– अमेरिकामा रहेका चिनियाँ नागरिक तथा कुटनीतिज्ञहरुले अब जुनसुकै कार्यक्रममा जाँदा पनि अमेरिकी अधिकारीहरुलाई पहिले सूचना दिनु पर्ने भएको छ । अमेरिकी अधिकारीहरुसँग हुने भेटघाट अगाडि नै चिनियाँ कुटनीतिज्ञहरुले सूचना दिनु पर्ने अमेरिकी गृहमन्त्रालये परिपत्र जारी गरेको छ । 

चिनियाँ अधिकारीले अमेरिकी विश्वविद्यालय तथा कलेजहरुमा जाँदा पनि पहिले अनुमति लिनु पर्ने नयाँ नियम आएपछि अमेरिकामा रहेको चिनियाँ दूतावासले असन्तुष्टि जाहेर गरेको छ । 

अमेरिकाले यस्तो सूचना निकालेर अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको चीनको आरोप छ । यी दुई देशहरुबीच केही समययता व्यापार युद्ध र अन्य युद्धहरु भइरहेका छन् ।

अमेरिकाले यो नियम चिनियाँ अधिकारीहरुलाई लागू हुने बताएको छ । अमेरिकाले चिनियाँहरुले आफ्नो खुला समाजको अनावश्यक फाइदा उठाएको भन्दै यस्तो आरोप लगाएका हुन् । अमेरिकी अधिकारीले यसका लागि स्वीकृति लिनुभन्दा पनि पहिले सूचना दिनु अत्यन्त आवश्यक भएको बताएका छन् ।

यो नियम लागु भएपछि चिनियाँ दूतावासले अमेरिकाले भिएना कन्भेन्सन उल्लघंन गरेको आरोप लगाएको छ । उसले चीनमा अमेरिकी अधिकारीका लागि यस्तो नियम नबनाइएको र अमेरिकामा चिनियाँभन्दा चीनमा अमेरिकी धेरै अधिकारी भएको पनि उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार ११:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया