Thu, 28 May, 2020


अब सत्तामा टाँसिएर नबस्ने डा.भट्टराईको चेतावनी
फरकधार / असोज ३०, २०७६

गोरखा– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताएका छन् । गृहजिल्ला गोरखामा बिहीबार पत्रकार भेटघाटमा बोल्दै उनले अब सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन् । 



संविधान संशोधनका लागि दुईतिहाइ पुर्याउन साथ दिएको, तर सरकारले संविधान संशोधनमा चासो नदिएको भन्दै भट्टराईले अब छिट्टै सत्ताबाट छुट्टिने चेतावनी दिएका छन् । सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताउँदै भट्टराईले पार्टी एकीकरणका लागि राजपालगायत अन्य साना दलसँग छलफल भइरहेको बताए । 

अब अपराध लुक्न र लुकाउन नसक्ने उल्लेख गर्दै उनले अपराध गर्ने जो–कोही भए पनि राजनीतिक संरक्षण गर्न नहुनेमा उनको जोड थियो । आउँदो मंसिरसम्म नयाँ निर्वाचनबाट सभामुख चुन्नुपर्ने बताउँदै उनले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नहुने बताए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्