ब्रेक्जिटः बेलायत र इयुबीच नयाँ सम्झौतामा सहमति

एजेन्सी– बेलायत युरोपेली युनियनबाट अलग हुने प्रक्रिया ब्रेक्जिटका लागि नयाँ सम्झौतामा सहमति भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्विट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

बेल्जियमको राजधानी ब्रसेल्समा बेलायत र युरोपेली युनियनका वार्ताकारले यस विषयमा एउटा सहमतिमा पुगेका हुन् । 

जोन्सनले ट्विट गरेका छन्, ‘हामीहरु सानदार नयाँ सम्झौतामा पुगेका छौँ जसले अहिलेको अवस्थालाई नियन्त्रणमा लिएको छ ।’

दुवै पक्षका वार्ताकारले यो नयाँ सम्झौताको कानुनी मस्यौदामा काम गरिहेका थिए । तर, दुवैले इयुको र बेलायती संसदको यसमा मन्जुरी पाउन बाँकी नै छ। 

युरोपेली संघका अध्यक्ष जाँ क्लाउड जंकरले यो सम्झौता निष्पक्ष र सन्तुलित रहेको बताएका छन् ।

जंकर र जोन्सन दुवैले आआफ्ना संसदलाई यो नयाँ सम्झौतालाई समर्थन गर्न अनुरोध पनि गरेका छन् । 



तर, उता, बेलायतको प्रतिपक्ष लेबर पार्टीका नेता जेरोमी कोर्बिनले यो नयाँ सम्झौता यसअघि पूर्वप्रधानमन्त्री थेरेसा मेले गरेको सम्झौता भन्दा पनि नराम्रो भएको बताएका छन् । उनले यो नयाँ सम्झौता पनि खारेज हुनु पर्ने माग राखेका छन् । 

बेलायत र इयुबीच भएको नयाँ सम्झौताअनुसार उत्तरी आयरल्यान्ड अब पनि युरोपेली संघको केही सिमित नियम तथा कानुनमा बाँधिनेछ, उत्तरी आयरल्यान्ड बेलायतको भन्सार बिन्दु हुने र युरोपेली संघको बजारका लागि प्रवेश द्वार हुनेछ, युरोपेली संघ एउटा बजार भए पनि बेलायतका जायज हितको ख्याल राख्नेछ, उत्तरी आयरल्यान्डका प्रतिनिधिले हरेक चार वर्षमा युरोपेली संघको नियम लागु गर्ने वा नगर्ने विषयमा फैसला गर्ने उल्लेख गरिएको छ।



तर, यो नयाँ सम्झौतालाई पनि उत्तरी आयरल्यान्डको पार्टीले अस्वीकार गर्ने बताएको छ ।

अर्कोतिर, संसदमा यो नयाँ सम्झौतामाथि स्वीकारोक्ति हासिल गर्न पनि जोन्सनलाई एउटा ठूलो चुनौति छ ।
 

  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २०:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया