परिवारका चार सदस्यको हत्यापछि प्रहरीकहाँ शव लिएर पुगे यी युवा

एजेन्सी– अमेरिकामा एक भारतीयले गरेको सनसनीखेज अपराधको घटना बाहिर आएको छ । समाचारमा आएअुसार भारतीय मूलका शंकर नगप्पा हांगुणले सोमबार आफ्नो परिवारका ४ सदस्यको हत्या मात्र गरेनन्, उनीहरुको शव लिएर प्रहरी स्टेसनमा पनि पुगे । 

उनले प्रहरीकहाँ पुगेर आफूले चार जनाको हत्या गरेको र एकजनाको शव आफ्नो गाडीमा रहेको जनाएका थिए । प्रहरीले त्यसपछि अनुसन्धान सुरु गर्यो । ती युवाले भनेजस्तै उनको गाडीमा एक जना र घरमा ३ जनाको शव भेटियो । 

शंकरले आफ्नै परिवारका सदस्यको हत्या गरेका हुन् । यो अमेरिकामा अनौठो घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी गिब्सनले भनेका छन्, ‘आफैंले हत्या गरेर शव लिएर प्रहरी चौकी आएका मानिसहरु मैले खासै देखेको छैन ।’





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २३:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया