१० महिनापछि फेरि सुरु हुँदै मेलम्चीको काम

काठमाडौं– ठेकेदार कम्पनीसँग विवाद भएपछि १० महिनादेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम अब सुरु हुने भएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले अहिलेसम्म बनेका सुरुङको फिनिसिङ गर्ने ठेक्का पाएपछि यसको काम सुरु हुन लागेको हो । 

यसअघि २९ मंसिरमा इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द भएको थियो । त्यो सम्झौता रद्द भएसँगै आयोजनाको काम पनि ठप्प भएको थियो ।

अब सिनो हाइड्रोले सुरुङको काम सकाउन १२ महिना समय सीमा तोकिएको छ । सिनोलाई यो कामका लागि ८५ करोड ९४ लाखमा ठेक्का दिइएको छ । यो ठेक्का सम्झौता १२ असोजमा भएको हो ।

त्यस्तै, गत शुक्रबार सिनोसँग मेलम्ची खानेपानी समितिको अर्को पनि ठेक्का सम्झौता भएको छ । यो हेडबक्स निर्माणको ठेक्का सम्झौता हो । हेडबक्स निर्माणको काम कम्तिमा पनि १५ महिनामा सकाउने सिनो हाइड्रोसँग सम्झौता भएको छ । 

एक अर्ब दुई करोडमा भएको हेडबक्स निर्माणको ठेक्कासँगै मेलम्चीमा अझै निकै धेरै काम बाँकी छन् । डाइभर्सन सुरुङ, अडिट सुरुङलगायतका अन्य केही कामहरु पनि गर्न पर्ने भएका छन् । 

सिनो हाइड्रोसँग भएको सम्झौताअनुसार समयमा काम सकिएमा उसले बोनस पनि पाउने भएको हो । तर, समयमा काम नसके उसले जरिवाना तिर्नु पर्ने भएको छ ।



यो सम्झौता भइसकेपछि सिनो हाइड्रो आयोजनास्थल पुगेको छ । 



  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार ९:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया