ऐश्वर्याको आश

एजेन्सी– लामो समय ब्रेक लिएपछि बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले फिल्म जज्बाबाट कमब्याक गरिन् । त्यसपछि उनले फिल्म ऐ दिल है मुश्किलमा पनि काम गरिन् । तर, उनको अभिनयले खासै चर्चा पाउन सकेन । बरु उनको सौन्दर्यको चर्चा चुलियो । त्यसपछि उनले फिल्म सरबजीतमा पनि काम गरिन् । तर, यो फिल्मले पनि राम्रो व्यापार गर्न सकेन । 

यसको अर्थ के भने पछिल्लो समय आएका ऐश्वर्याका कुनै पनि फिल्मले खासै राम्रो व्यापार गर्न थालेका छैनन् । तर, अब उनले आफ्नो आश बढाएकी छिन् । यो आश निर्देशक मणिरत्नमको फिल्म पोन्नियिन सेल्वननमा काम गर्ने भएकाले जागेको हो ।

‘यो फिल्मको कथा निकै रोचक छ,’ ऐश्वर्याले नै भनेकी छिन्, ‘मलाई आशा छ यो फिल्मले दर्शकलाई राम्रोसँग बाँध्नेछ ।’ 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया