लखनउमा हिन्दू महासभाका नेताको हत्या

एजेन्सी– भारतको उत्तर प्रदेशको राजधानी लखनउमा शुक्रबार हिन्दु महासभाका नेता कमलेश तिवारीको हत्या भएको छ । उनको कार्यालयमा गोली हानेर हत्या गरिएको हो । 

प्रहरीका अनुसार खुर्शीदबाग कोलेनीमा कमलेश तिवारीको अफिसमा आक्रमण गर्नेले मिठाईको डब्बामा पिस्तोल र चक्कु लुकाएर लगेका थिए । आक्रमणकारी कमलेशको कोठामा पुगेलगत्तै तिवारीमाथि गोली हानिएको थियो । 

गोली हानेपछि उनको घाँटीमा पनि कयौँ पटक चक्कुले प्रहार गरिएको थियो । 

कमलेश तिवारीका हत्यारालाई प्रहरीले खोजिरहेको छ । कमलेश तिवारी केही वर्षअघि पेगेम्बर मोहम्मदको विरुद्धमा दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो । उनी त्यो घटनामा पक्राउ पनि परेका थिए । भारत सरकाले उनको सुरक्षाका लागि केही सुरक्षाकर्मी पनि दिएको थियो । तर, इलाहाबादको उच्च अदालतले त्यसलाई हटाउन केही दिनअघि मात्र निर्देशन दिएको थियो ।

प्रहरीले प्रारम्भिक अनुमान चाहिँ यो व्यक्तिगत दुश्मनीका कारण भएको हत्या हुनसक्ने अनुमान गरेको छ । दिउँसै भएको यो हत्यको विरोध र प्रहरीले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन हुन थालेको छ । सो स्थानमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । 

आक्रमणकारीले कमलेशको अफिसमा ३५ मिनेट बसेपछि उनको हत्या गरेको प्रहरीले बताएको छ ।



यो घटना भएसँगै सुरु भएको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग गरिएको छ ।



  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १८:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया