बिग बोसबाट कति पारिश्रमिक लिन्छन् सलमान खान ?

एजेन्सी— टिभी रियालिटी सो बिग बोसको १३ औं सिजन सुरु भइसकेकाे छ ।  २९ सेप्टेम्बरबाट सुरु भएको बिग बोसको सन्चालन यसपटक पनि अभिनेता सलमान खानले गरेका छन् । त्यसैले पनि यसबारे बारम्बार विभिन्न समाचार आइरहेका छन् ।

तिनैमध्ये एक समाचार हो— सलमानले लिने त्यसको पारिश्रमिक । सलमान खानले पछिल्ला १० वटा एपिसोडमा काम गरिसकेका छन् । यसबीच आएको समाचार के थियो भने सलमान खानले यसपटक ४ सय करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदैछन् । 

तर, पछिल्लो समय फेरि भारतीय रिपोर्टहरुमा यो खबर झुटो भएको समाचार आएका छन् । एक वेबसाइटले चाहिँ बिग बोसको सिजन १३ १५ साता चल्ने र एक साताको सलमान खानले १३ करोड लिनेछन् । यसरी हिसाब गर्दा उनले बिग बोसको यो सिजनमा १९५ करोड लिने त्यो वेबसाइटको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १९:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया