अस्पतालबाट फर्किए अमिताभ, गराए पूजा

एजेन्सी– तीन दशकदेखि कलेजोको समस्याका कारण बारम्बार अस्पताल भर्ना हुँदै आएका बलिउडका स्टार अमिताभ बच्चन घर फर्किएका छन् । उनी केही दिनअघि अस्पतालमा भर्ना भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेका थिए । 

तर, त्यो नियमित चेकजाँच मात्र भएको उनका साथी मनोज देसाईले बताएका छन् । देसाईले अहिले अमिताभ बच्चन घरमा रहेको र अस्पतालमा भर्ना नभएको बताएका हुन् । 

यतिमात्र होइन, अमिताभनिकट एक स्रोतले भारतीय मिडिया नवभारत टाइम्सलाई अमिताभले घरमा पूजा लगाएको पनि जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार २०:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया