६ वर्षकी रुसी बालिका नयाँ राजकुमारी !

एजेन्सी– रुसकी छ वर्षकी यलिना यकुपोवाको सौन्दर्य देखेर अहिले विश्व चकित बनेको छ । त्यसैले पनि हुनुपर्छ, विश्वका विभिन्न देशका मानिसहरुले रुसी ती बालिकाको विषयमा निकै धेरै प्रशंसा गर्न थालेका छन् । 

हुन पनि ती बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । सानैदेखि मोडलिङमा लागेकी यी बालिकाका इन्स्टाग्राममा पनि २२ हजारभन्दा धेरै फलोअर्स पुगेका छन् । र मानिसहरु सामाजिक सन्जालमा लेखिरहेका छन्– विश्वकी नयाँ राजकुमारी ।

अर्कोतिर, यलिनाले विभिन्न फेसन अभियानहरुमा पनि भाग लिएकी छिन् । उनी मोनालिसा किड्स, ग्लेरिया जिन्सलगायतका ब्रान्डका लागि आधिकारिक प्रतिनिधि पनि हुन् । उनका म्यानेजरका अनुसार पछिल्लो वर्ष उनलाई अमेरिका, जर्मनी, बेलायतबाट सबैभन्दा बढी खोजिरएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार २३:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया