आज युरोपेली लिगमा १५ खेल

एजेन्सी– युरोपका विभिन्न लिगमा गरी आज एकै दिन १५ खेल हुँदै छन् । युरो छनोटका कारण केही साता रोकिएका लिग आजबाट पुनः सञ्चालनमा आउन लागेकाले एकै दिन यति धरै खेल हुन लागेका हुन् । 

आज प्रिमियर लिग, ला लिगा, सिरी ए तथा बुन्डेस लिगाका खेल हुनेछन् । सबैभन्दा बढी प्रिमियर लिगका खेल हुँदै छन् । प्रिमियर लिगअन्तर्गत आठ खेल हुनेछन् । त्यस्तै, ला लिगअन्तर्गतका तीन खेल हुँदै छन् । बुन्डेस लिगाअन्तर्गत दुई तथा सिरी एअन्तर्गत दुई खेल हुनेछन् ।

प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी, चेल्सी, टोटनहमजस्ता ठूला टिम मैदानमा उत्रिँदै छन् । प्रिमियर लिगको आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो सवा ५ बजे इभर्टन र वेस्टह्याम युनाइटेडबीच हुनेछ । त्यस्तै, राति पौने ८ बजे एकै साथ ६ खेल हुँदै छन् । जसमा एस्टोन भिल्लाले बिग्रटोनको सामना गर्नेछ भने वर्नमाउथ र नर्विच सिटी एक–अर्कासँग भिड्नेछन् ।

टोटनहम तथा वाटफोर्ट, लेस्टर सिटी तथा बर्नेलीबीचको खेल पनि आजै हुँदै छ । चेल्सीले न्युक्यासल युनाइटेडको सामना गर्नेछ भने उल्भ्सले साउथह्याम्सटन युनाइटेडको सामना गर्नेछ । त्यस्तै, राति सवा १० बजे म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसको सामना गर्नेछ ।  

ला लिगामा आज तीन ठूला क्लब मैदानमा उत्रिँदै छन् । ती क्लब हुन्, बार्सिलोन एथ्लेटिको मड्रिड तथा रियल मड्रिड । नेपाली समयअनुसार आज साँझ पौने ५ बजे बार्सिलोनाले इबरको सामना गर्नेछ । सो खेलमा जित हासिल गर्न सकेको खण्डमा बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिनेछ । त्यस्तै, पौने ८ बजे एथ्लेटिको मड्रिड र भ्यालेन्सिया आमने–सामने हुनेछन् । त्यस्तै, अबेर राति  पौने १ बजे रियल मड्रिडले मर्लोकासँग प्रतिस्पर्धा गर्नेछ । रियल यो खेल जितेर शीर्ष स्थानमा पकड बनाउन चाहन्छ ।

बुन्डेस लिगामा आज नेपाली समयअनुसार सवा ७ बजे व्रायन म्युनिखले अस्गबर्गसँग भिड्नेछ । यो खेलमा जित हासिल गरेको खण्डमा व्रायन लिगको शीर्ष स्थानमा उक्लिने छ । त्यस्तै, सवा १० बजे डर्टमण्डले शीर्ष स्थानको ग्ल्डबाचसँग खेल्नेछ । डर्टमण्ड यो खेल जितेर आफ्नो लय समात्न चाहन्छ भने ग्लाडबाच आफ्नो शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ । 



सिरी एमा आज पौने १० बजे नेपोलीले भेरोनको सामना गर्नेछ भने युभेन्टसले अबेर राति साढे १२ बजे बोलोग्नासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस यो खेल जितेर शीर्ष स्थानमा पकड जमाउन चाहन्छ ।



  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १६:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया