देउवाको प्रस्टीकरण : नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन

काठमाडौं– दुई दिनअघि आफूले बोलेको विषय विवादित बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्टीकरण दिएका छन् । शनिबार ‘सबै अस्पष्टता र अन्याेल निवारणार्थ’ भन्दै देउवाद्वारा जारी विज्ञप्तिमा उनले कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका छन् । 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा देउवाले व्यक्त गरेको धारणाको सर्वत्र आलोचना भएको थियो । सो धारणबाट उत्पन्न अन्याेल र अस्पष्टता निवारण गर्न भन्दै देउवाले विज्ञप्ति जारी गरेका हुन् । 
 
‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’ 

मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहने उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिक रुपले प्रस्ट्याउन चाहन्छु ।’
 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया