महिला क्रिकेटमा चितवनको सहज जित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी वुमन्स च्याम्यिन्स लिगअन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई सहज रुपमा पराजित गरेको छ । राइनोजले पोखरालाई ७ विकेटले हराएको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।  पोखराका लागि कप्तान सीता राना मगरले अविजित ६५ रनको योग्दान दिइन् । ५६ बलको सामना गरेकी उनले ७ चौका र १ छक्का प्रहार गरेकी थिइन् । खेलमा मञ्जु बोगटीले  अविजित २४ रन, कविता कँुवरले १५, अञ्जली चन्द र रेवती धामीले समान ४, शीला क्षेत्रीले ३ तथा रुबी पोदारले १ रनको योगदान दिए । 

चितवनका लागि कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिए भने २ विकेट रन आउटको रुपमा प्राप्त भयो । 

१२८ रनको लक्ष्य पछ्याएको चितवनले  १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । चितवनका लागि  काजल श्रेष्ठले सर्वाधिक ५१ रनको योगदान दिइन् । उनले ४७ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । कञ्चन श्रेष्ठले २९ रन, कप्तान इन्दु बर्माले २०, सुमन खतिवडाले अविजित ६ रनको योग्दान दिए भने प्यारी चौधरी विनाकुनै रन अविजित रहिन् ।

पोखराका लगि अञ्जली चन्दले २ तथा सुमन श्रेष्ठले १ विकेट लिएका थिए । लिगमा यो चितवनको तगातार तेस्रो जित हो भने पोखराको लगातार तेस्रो हार हो । 

दोस्रो खेल केहीबेरमा क्याट क्विन काठमाडौं र विराटनगर टाइटनको बीचमा हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया