Sat, 23 Nov, 2019


एकता कपुरले नरेन्द्र मोदीसँग सेयर गरेको फोटो
फरकधार / कात्तिक २, २०७६

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा कला तथा सिनेमा क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरेका थिए । यो कार्यक्रममा बलिउडमा विभिन्न व्यक्तिहरु पुगेका थिए । कार्यक्रममा शाहरुख खान, आमरि खान, आनन्द एल राय, कंगना रनौटसमेत पुगेका थिए । 



त्यही कार्यक्रममा पुगेकी थिइन्, एकता कपुर पनि । त्यही कार्यक्रमको एकता कपुरले एउटा फोटो सेयर गरेकी छिन् सामाजिक सन्जालमा जुन अहिले भारतमा निकै भाइरल भइरहेको छ ।

त्यो कार्यक्रममा चाहिँ नरेन्द्र मोदीले गान्धीको सादगी जीवन र त्यागबारे चर्चा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्