नेपालमा जर्मन नागरिककाे मृत्यु

कास्की– कास्की र मनाङमा शनिबार दुई पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट-२ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेको थियो । यस्तै अमेरिकन नागरिक स्मिथ भने हृदयघातका कारण मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार २३:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया