धरान– धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारीविरुद्ध महिलााई यौन दुर्व्यवहारको उजुरी परेको छ । असई अधिकारीले बोल्न नसक्ने महिलालाई करणी गरेको भन्दै स्थानीय एक महिलाले किटानीसहित शनिबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी छिन् ।
उजुरी दर्ता भएपछि अधिकारीमाथि अनुसन्धान थालिएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
शुक्रबार प्रहरीले राखेको अन्तर्क्रिया कार्यक्रमबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलसहितको टोली चौकी पुग्दा अधिकारी मादक पदार्थ सेवन गरेर बसेको अवस्थामा देखिएपछि उनलाई इलका प्रहरी कार्यालय धरानमा कारवाहीको लागि बोलाइएको थियो । शुक्रबार इप्रका आएको अधिकारीविरुद्ध शनिबार यौन दुव्यवहारको उजुरी परेको हो ।
अधिकारीले स्थानीयहरुसँग पैसा असुली गर्ने, रक्सीले मातेर हिड्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।