काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलनमा कुमार पन्तसँग अध्यक्ष पदमा पराजित कुल आचार्यले धाँधली गरेर आफूलाई हराइएको गुनासो गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार्दै उनले आफूलाई हराउन सुरुदेखि नै षड्यन्त्र गरिएको दावी गरे ।
काठमाडौंको सचिवालयमा व्यापक अनियमितता भएको जिकिर गर्दै उनले पन्तलाई जिताउनका लागि अन्तिम मतदाता नामावली प्रकाशन नगरि उम्मेदवारी दर्ता गरिएको दावी गरेका छन् ।
आचार्यले भनेका छन्, 'धेरै फर्जी मतदाता तयार गरियो। चुनाव भइसकेपछि खसेको मतको विवरण सार्वजनिक गरिएन। बिनामुचुल्का मतगणना सुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको भेट्टियो ।'
आचार्यले नेपाल फर्किसकेका सयौं व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी मतदान गर्न लगाइएको पनि बताएका छन् । उनले एनआरएनएको हितका लागि निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।