काठमाडाैं– प्रधानमन्त्री केपी ओली बिहीबार (७ कात्तिकमा) अजरबैजान जाने भएका छन् ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी जान लागेका हुन् । उनी तीन दिनका लागि अजरबैजान जान लागेका हुन् ।
८ र ९ कात्तिकमा असंलग्न राष्ट्रहरूको १८औँ सम्मेलन बाकु सहरमा हुँदै छ । सम्मेलनपछि अजरबैजानले आगामी तीन वर्षका लागि असंलग्न राष्ट्रहरूको संगठनको अध्यक्षता लिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।