कस्तो संयोगः २० फिट माथिबाट खसेको बच्चा गुडिरहेको रिक्साका कारण बाँच्यो

एजेन्सी– यो भारतको टिकमगढ जिल्लाको प्रधानपुरको समाचार हो । शुक्रबार साँझ एक बच्चा २० फिट माथिबाट खसेका थिए । उनी रेलिङबाट फुत्किएर तल खसेका थिए । 

उनी जहाँबाट खसेका थिए, त्यहाँबाट खस्दा उनी बाँच्लान् भन्ने कसैले पनि अनुमान गरेको थिएन । तर, बाटोमा गुडिरहेको एउटा रिक्सामा उनी परे । रिक्साको पनि कभर सिटमा परेकाले बच्चालाई चोट पनि लागेन । 

त्यसैले बच्चाका बाआमाले ती रिक्सावालालाई आफ्नो भगवान सरह मानेका छन् । ती बच्चाका बाबु आशीषले भारतीय मिडियासँग रिक्सा चालकलाई धन्यवाद दिँदै यो ठूलो संयोगका कारण आफ्नो बच्चा बचेको खुसी व्यक्त गरेका छन् ।

उनले यसलाई चमात्कार मानेका छन् । 

यो घटना हुँदा ती बच्चाका बाबु दोकानमै थिए । पछि उनीहरुले सिसिटिभी भफुटेज हेरेका थिए । उनीहरुले ती रिक्सावालालाई नयाँ रिक्सा पनि किनिदिने भएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १०:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया