रौतहट– बम विस्फोटका घाइतेलाई इँटा भट्टामा लगेर जिउँदै पोल्दै हत्या गरेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद पाएको छ ।
रौतहट जिल्ला अदालतले तेस्रो पटक अनुसन्धानका लागि म्याद थप गरिएको हो । यसअघि उनलाई अदालतले ७ दिनको लागि म्याद दिएको थियो ।
आलममाथि संविधानसभाको पहिलो निर्वाचन हुँदा आफ्नो घरमा बम बनाइरहँदा विस्फोट भएको र विस्फोटमा घाइते भएकाहरुलाई जिउँदो जलाएको आरोप लागेको छ । उनलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।