काठमाडाैं– सांसद पार्वत गुरुङ अदालतमा हाजिर भएका छन् ।
उनीमाथि ज्यान मार्ने उद्याेग गरेकाे आराेपमा अदालतबाट पक्राउ पूर्जी जारी भएकाे थियाे । उनी काठमाडाैं जिल्ला अदालतमा हाजिर भएका हुन् । यसअघि पक्राउ पूर्जी जारी भएलगत्तै उनले आफू अदालतमा हाजिर हुने बताएका थिए ।
उनीसहित सात जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा दाेलखाका वीरध्वज खड्काले आफूमाथि आक्रमण गरेकाे भन्दै उजुरी हालेका थिए । उनी दाेलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।