जिन्दगीको रिमोट अरुको हातमा दिन मिल्दैनः एकता कपुर

चाहे टिभी होस् या फिल्म निर्माता एकता कपुरले त्यस्तो कन्टेन्टको साथ र समर्थन गरेकी छिन् जुन बोल्ड हुन्छ र दर्शकलाई पनि बाँधिरहेको हुन्छ । प्रोफेसनल जीवनमा सधैं छाइरहने एकतासँग बारम्बार सोधिने प्रश्नमध्ये एक हो, उनी किन विवाह गर्दिनन् ?

यी सब चिन्ताहरुमाथि ४४ वर्षकी एकता कपुर भन्छिन्, ‘म अहिले खुसीयालीसँग जीवन बाँचिरहेकी छु । मलाई लाग्दैन कि विवाह मात्र एउटा कुरा हो जुन खुसी जीवनका लागि आवश्यक हुन्छ ।’

यतिमात्र होइन, उनले विवाह गरेपछि आफ्नो जीवनको रिमोट अरुको हातमा जाने भएकाले आफूले त्यस्तो नगर्ने पनि बताएकी छिन् । ‘आफ्नो जीवनको रिमोट अरुको हातमा दिनु हुँदैन,’ उनले भनेकी छिन्, ‘हामीलाई त सानैदेखि भनिएको छ कि हाम्रो जीवनमा एकजना राजकुमार आउँछ र हाम्रो जीवन सुन्दर बनाउँछ । तर, वास्तविकता त्यस्तो होइन ।’





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १४:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया