एउटा देश जहाँ छैन एउटै एटिएम, लिन पाइँदैन सिम कार्ड

एजेन्सी– अहिलेको समयमा पनि कुनै एउटा देशमा एउटा पनि एटिएम छैन वा सिम कार्ड लिन पाइँदैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । हो, कुनै गाउँमा एटिएम नहुनु एउटा कुरा हो । तर, जब सिंगो देशमा एउटा पनि एटिएम हुँदैन, त्यसलाई कसरी पत्याउने ? 

यो चाहिँ पत्याउनै पर्ने विषय हो । त्यस्तो देश हो, अफ्रिकाको इरिट्रिया । त्यहाँ एटिएममात्र होइन, ३७ हजार नेपाली रुपैयाँभन्दा धेरै बैंकबाट झिक्न पनि पाइँदैन । त्यस्तै, यो देशमा पनि सिम कार्ड पनि लिन पाइँदैन । अनि यही देशमा टिभीको एउटा मात्र च्यानल सन्चालनमा आएको छ । 

यो खासमा सन् १९९३ मा बनेको देश हो । इथियोपियाबाट स्वतन्त्र भएर बनेको यो देशमा अहिले पनि राष्ट्रपति अफेवेर्कीको बोलवाला छ । सरकारले देशमा अर्को पार्टी बनाउन पनि प्रतिबन्ध लगाएको छ । यहाँ आलोचकहरुलाई जेल पठाइन्छ र प्रत्येक युवाले सैन्य तालिम लिएकै हुनुपर्छ । 

इरिट्रियामा इन्टरनेटको पनि सहज सुविधा छैन । यो देशमा इन्टरनेटको प्रयोग १ प्रतिशत मानिसले मात्र गरिरहेका छन् । यहाँ बैंकमा जम्मा गरिएको पैसा पनि आफूले भनेजति निकाल्न मिल्दैन । सरकारले यस्तो नियम लगाउनु चाहिँ महंगी रोक्नका लागि हो भन्ने त्यहाँका जनताले बताउँदै आएका छन् । 

यो देशको जनसंख्या कति छ भन्ने पनि एकिन छैन । तर, विश्वका देशहरुमा जनसंख्याबारे हिसाब गरिरहेकाहरुले चाहिँ यहाँ ३५ लाख मानिस हुनसक्ने अनुमान गरेका छन् । तर, यो देशको राजधानी असमारा चाहिँ निकै लोभलाग्दो छ । यसको बनावट इटालीको जस्तो भएको मानिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १६:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया