एजेन्सी– भारत र दक्षिण अफ्रिकाबीच राँचीमा भइरहेको तेस्रो टेस्ट खेलको दोस्रो दिनको खेल खराब प्रकाशका कारण रोक्नु परेको छ ।
खेल रोकिनुभन्दा पहिले दक्षिण अफ्रिकाले पहिलो पारीमा दुई विकेट गुमाएर नौ रन बनाएको थियो । दक्षिण अफ्रिकाका हम्जा र डुप्लेसी ० र १ रन बनाएर क्रिजमा रहेका छन् ।
योभन्दा पहिले भारतका कप्तान विराट कोहलीले नौ विकेटमा ४ सय ९७ रन बनेपछि टिमको पारी सकिएको घोषणा गरेका थिए । भारतका लागि रोहित शर्माले २१२ रनको पारी खेले भने आजिंक्य रहाणेले ११५ रन बनाए ।
भारतका लागि मोहम्मद शमी र उमेश यादवले दक्षिण अफ्रिकाको एक एक विकेट लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।