काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान लागि थप पाँच दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा महरालाई आज घन्टौँ लामो बयानपछि म्याद थपका लागि लगिएको थियो । बयान नसकिएपछि प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले बहसपछि महरामाथि थप अनुसन्धान गर्न समयसीमा थपेको हो ।
अदालतले महराको बयान नसकिएकाले थप म्याद थपिएको हो । आजदेखि नै प्रहरीले उनको बयान लिन सुरु गरेको हो ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महराविरुद्ध आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । पहिले यो कुरा बाहिरिएपछि महराको सर्वत्र आलोचना भएको थियो । तत्काल बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पनि महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । तर, उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।
महराले सभामुख पदबाट राजीनामा दिएपछि रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बल्ल महरा सभामुख कार्यालयबाट नै पक्राउ परेका थिए । उनी १९ आसेजमा पक्राउ परेका हुन् ।
उनी पक्राउ परेपछि उनको सांसदको हैसियतको सेवासुविधा सबै रोकिएको छ ।
उच्च रक्तचाप, सुगर तथा मुटुमा समस्या देखिएको भन्दै महरा अहिले नर्भिक अस्पतालमा रहेका छन् ।
उता, महरामाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रोशनी शाहीले अदालतमा प्रहरीलाई दिएको जाहेरी झुटो भएको बताएकी छिन् । उनले आफूलाई जबरजस्ती उजुरी दिन लगाइएको पनि बताएकी छिन् ।
काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा आफूमाथि कर गरिएकाले उजुरी दिएको बताएकी हुन् । उनले बयानमा महरा निर्दोष रहेको बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।