फोहोर भनेको फालेको पेन्टिङले किनायो आलिसान महल

एजेन्सी– हामीले कहिलेकांही फोहोर भनेर महत्वपूर्ण सामानहरु पनि बाहिर फलिरहेका हुन्छौँ । त्यस्तै, भएको छ एउटा नाइजेरियाको परिवारमा पनि । 

त्यो परिवारले आफ्नो घरमा निकै पुरानो एउटा पेन्टिङलाई फाल्ने योजना बनाएका थिए । तर, फाल्नुभन्दा एक दिन अगाडि मात्र एक सदस्यले पेन्टिङमा रहेको हस्ताक्षर हेरेर गुगल गरेछन् । त्यसपछि पो बल्ल थाहा भएछ, यो पेन्टिङ त १० लाख पाउन्ड पर्ने रहेछ । १० लाख पाउन्ड अर्थात् नेपाली ११ करोड रुपैयाँ ।

यो पेन्टिङ त्यो घरमा सन् १९७१ देखि राखिएको रहेछ । यसलाई खासमा बेनले बनाएका रहेछन् । यो पेन्टिङ चाहिँ इफीकी राजकुमारी एडितुतुको रहेछ । बुकर पुरस्कार जितेका उपन्यासकार बेन ओकरीका अनुसार यो पेन्टिङ नाइजेरियाका लागि एउटा विशेष आइकन नै हो । यो पेन्टिङ बनाएका बेन इनवानवुको चाहिँ १९९४ मा मृत्यु भएको रहेछ । यी राजकुमारी चाहिँ सन् १९६० मा दशकमा नाइजेरियामा भएको संघर्षमा शान्तिकी प्रतीक मानिएकी रहिछिन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २०:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया