क्रिकेटका यी रेकर्डमा उमेश यादवले दर्ज गराए आफ्नो नाम

एजेन्सी– भारत र दक्षिण अफ्रिकाबीच खेलिएको सिरिजको तेस्रो दिनको खेलमा भारतीय खेलाडी उमेश यादवले शानदार प्रदर्शन गरे । राँचीमा खेलिएको यो खेलमा पहिलो बलमा नै उमेश यादवले छक्का प्रहार गरे । आफ्नो शानदार ब्याटिङका कारण उमेश यादवले केही रेकर्डहरु आफ्नो नाममा दर्ज पनि गराएका छन् । 

उनले दश बलमा ३१ रन बनाए । यो पारीमा उनले ५ छक्का प्रहार गरे । उमेश यादवको यो स्कोर आफैंमा पनि एउटा रेकर्ड हो । टेस्ट क्रिकेटमा त झन् उमेशको यो सबैभन्दा बढी स्कोर हो । उनी अत्यन्त छिटो ३० वा त्योभन्दा बढी रन बनाउने खेलाडी पनि बनेका छन् । उनले यसका लागि स्टिफन फ्लेमिङको रेकर्ड तोडेका हुन् । फ्लेमिङले सन् १९९८ मा ११ बलमा ३१ रन बनाएका थिए । अब्दुर रज्जाकले चाहिँ सन् २०११ मा १७ बलमा ४३ रन बनाएका थिए ।

ब्याटिङ गर्दा उमेश यादवको स्ट्राइक रेट ३१० भन्दा बढी थियो । यो १० बल खेल्दा टेस्ट क्रिकेटमा बनेको अर्को रेकर्ड हो ।

अब उमेश यादव सचिन तेन्दुल्करको क्लबमा सामेल भएका छन् । टेस्ट क्रिकेटमा ब्याटिङ गर्न जाँदा पहिलो दुई बलमा नै छक्का प्रहार गरेको रेकर्ड पनि अब उनको नाममा आएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २१:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया