काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङल नेपाल भ्रमणबारे चीनमा पनि चर्चा गरेका छन् । चीनमा सुरु भउको विश्व सैन्य खेलकुद प्रतियोगिताको उद्घाटनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट्दा उनले नेपालको भ्रमण सम्झिएका हुन् ।
प्रतियोगिताको उद्घाटनपछि उनले त्यहाँ उपस्थित अन्य देशका प्रतिनिधिहरुसँग छोटो कुराकानी गरेका थिए । त्यही क्रममा उनले नेपाल भ्रमण सम्झिएको रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार लक्ष्मी लम्सालसँग बताएका छन् । कान्तिपुर दैनिकको अनलाइन भर्सनमा छापिएको समाचारअनुसार सीले ईश्वर पोखरेलसँग नेपाल भ्रमणबारे सम्झिएका हुन् ।
सीलले असोज २५ र २६ गते नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।