विप्लव समूहले गरायाे काभ्रेका चार ठाउँमा विस्फाेट

काभ्रे–  नेत्रविक्रम चन्द समूहले जिल्लाको विकट मानिने महाभारत गाउँपालिकाको ४ स्थानमा विस्फोट गराएको छ । साविक बुढाखानीको साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा सिलिण्डर विस्फोट गराएको हो ।

स्थानीयका अनुसार चन्द समूहका कार्यकर्ताले त्रसित नहुन आग्रह गर्दै गाउँपालिका कार्यालयमा समेत विस्फोट गराउने चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षको टोली घटनास्थलमा परिचालन गरेको जानकारी दिए । ‘केही पड्किएको सूचना आएपछि प्रहरी परिचालन गरेका छौं, विस्तृत बुझिरहेका छौं,’ उनले भने ।

यातायातको सहज पहुँच नभएको गाउँपालिकाको केन्द्रसम्म पुग्न १६/१७ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । चन्द समूहले विकट क्षेत्रमा गतिविधि सञ्चालन गरिरहेको छ ।

जिल्लाको खानीखोला गाउँपालिकाबाट यसअघि चन्द समूहका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २३:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया