राेनाल्डाे: ७०१ गाेलका धनी

एजेन्सी– क्रिस्टियानो रोनाल्डो र मिरालेम जानिचको गोल मदतले इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार बोलोग्नालाई २–१ ले हरायो र शीर्ष स्थानमा आफ्नो पकड मबजुत बनायो ।

तर याे खेल यतिकै लागि मात्र पनि इतिहासमा सम्झिइने छैन । याे खेलकाे त विशेष माने छ । किनकि यही खेलबाट क्रिस्टियानाे राेनाल्डाेले आफ्नाे नाममा ७०१ ‌औँ गाेल लेखाउन पाए । 

३४ वर्षका राेनाल्डाेलाई याे खेल अगाडि गत साता पोर्चुगलका लागि गरेको गोलसँगै पूरा भएको सात सयौं गोलको सम्मानमा विशेष जर्सि प्रदान गरिएको थियो । खेलकाे १९ औं मिनेटमा राेनाल्डाेले आफ्नो ७ सय १ औं गोल गरेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २३:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया