७० वर्षे हजुरबाले नातिनीहरुमाथि यस्तो गरेपछि बाबुले यसरी दिए उजुरी, बताए सबै घटना

पछिल्लो समय भारतमा महिला हिंसाका डरलाग्दा घटना बाहिर आइरहेका छन् । तिनैमध्ये उत्तर प्रदेशको यो घटना सुन्दा नै जिरिङ्ग हुन्छ । 

उत्तर प्रदेशको पिलिभित भन्ने सहरमा एक ७० वर्षे वृद्धले आफ्ना दुई नाबालिक नातिनीमाथि बलात्कार गरेका छन् । त्यो पनि बारम्बार । यही घटना बाहिर आएको छ । 

यो घटना ती वृद्धका छोराले आफ्ना छोरीमाथि भएको कुकर्म थाहा पाएपछि मात्र बाहिर आएको हो । उनले आफ्नै बाबुमाथि उजुरी दिएका छन् । आफ्ना बाबुर र अन्य एक नातेदारमाथि उनले प्रहरीमा उजुरी दिल्लीमा दिएका हुन् । यो घटनामाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यो २७ सेप्टेम्बरको कुरा हो । साउद दिल्लीमा एफआइआर दर्ता गराउन ती युवा पुगे । उनले त्यहाँ आफ्नो घर पिलिभित भएको र उनका पिता अहिले पनि त्यही ठाउँमा बसिरहेको जानकारी दिए । 

यो चार वर्ष अगाडिको कुरा रहेछ । उनकी आमा बिरामी भएपछि बाबुले आफ्नो हेरचाह पनि हुने भनेर ती युवाकी छोरी अर्थात् नातिनीलाई पिलिभित बोलाएछन् । ती युवाले पिलिभितमा आफ्नी छोरी पठाएछन् । तर, त्यहाँ ती वृद्धाले आफ्नै नातिनीमाथि महिनौँ दुव्र्यवहार गरेछन् । 

अनि तिनै वृद्धले ती नातिनीको विवाह पनि गराइदिएछन् । विवाहको विषयमा आफूलाई भनेको तर छोरीले त्यसबारे केही नभनेकाले कुनै शंका नगरेको ती युवाले प्रहरीमा बताएका छन् । जेठी छोरीको विवाह भएपछि वृद्ध बाबुको हेरचाह गर्न ती युवाले कान्छी छोरी पिलिभित पठाएछन् । 



भारतीय मिडिया लाइभहिन्दुस्तानमा प्रकाशित भएअनुसार ती वृद्धाले कान्छी नातिनीसँग पनि त्यस्तै दुव्र्यव्यवहार गरेछन् । 

यसबीचमा ती युवाकी आमाको निधन भएछ । अनि उनी पनि पिलिभित पुगेछन् । त्यहाँ बल्ल आफ्नी कान्छी छोरीसँग आफ्नै बाबुले गरेका कुकृत्यबारे उनलाई एक छिमेकीले बताइदिएछन् । 



त्यसपछि उनले बाबुलाई उजुरी दिने बताएछन् । तर, उनका अर्का एक नातेदार आएर उनलाई लाइसेन्स भएको बन्दुकले गोली ठोकेर हत्या गर्ने धम्की दिएछन् ।

सुन्दा कुनै कथा वा फिल्म जस्तै लाग्ने यो घटना साँचो हो । आफ्ना बाबुविरुद्ध त्यही भएर ती युवाले दिल्लीमा पुगेर उजुरी गरेका रहेछन् । अब दिल्ली प्रहरीले यो घटनामा छानबिन गर्न पिलिभित प्रहरीलाई पत्राचार गरेको छ ।  

  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ०:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया