युवाहरुले गरे प्रहरीमाथि आक्रमण, ८ प्रहरी घाइते

दैलेख– दैलेखमा संचालन भएको सांस्कृतिक तथा घरेलु व्यापार मेलाको सुरक्षामा खटिएका प्रहरीमाथि युवाहरुले हातपात गरेका छन् । प्रहरीमाथि हातपात भएपछि ८ जना प्रहरीहरु घाइते भएका छन् ।

महोत्सव स्थल नारायण नगरपालिका-६ काँडाचौरमा युवाहरुबीच झगडा हुने अवस्था भएपछि दुवै पक्षलाई सम्झाउन खोज्दा प्रहरीमाथि नै हातपात गरेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । युवाहरुले प्रहरीको हतियार खोस्ने प्रयास गरेको उनले बताए ।

प्रहरीमाथि हातपात गर्ने केही युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाहारकोटका डेनिम थापा, नरेन्द्र प्याकुरेल र सुरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा संलग्न अन्य युवाहरूकाे खोजी कार्य तिब्र पारिएको छ । झगडाको विषय र प्रहरीमाथि हातपात युवालाई सिसी क्यामेराको फुटेजको आधारमा खोजी गरी कारवाही प्रक्रिया थालनी गर्ने प्रहरीले जानकारी दिएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ०:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया