भारतीयले घरको छतमा विमान बनाए, मोदीले बोलाए, पुरस्कार दिए

एजेन्सी– मुम्बईको गोरेगाउँका अमोल यादवले भारतमा मात्र होइन, विश्वका लागि नै एउटा विशेष सन्देश दिएका छन् । उनी पेशाले एउटा पाइलट हुन् । तर, योसँगसँगै उनले १९ वर्ष लगाएर आफ्नै विमान बनाएका छन् । र, त्यो पनि घरको छतमा । उनले बनाएको विमानमा चाहिँ ६ जना अट्न सक्छन् ।

अमोलको यो सफलताका कारण भारतका प्रधानमन्त्री पनि पुलकित भएका छन् । त्यसैले उनले अमोललाई नयाँ दिल्लीमा नै बोलाएर भेट गरे, पुरस्कार दिए । अब अमोलले भनेका छन्– अब मेरोमात्र होइन, मेरो पूरै परिवारको पनि सपना पूरा भएको छ ।

उनले अब आफूले देशलाई चाहिन सक्ने १९ सिट क्षमतासम्मका विमान बनाउन सक्ने बताएका छन् । 

अमोलले सन् ९० को दशकमा नै १९ वर्षमा अमेरिकामा पाइलटको तालिम लिएको बताएका छन् । तर, भारतमा एयरक्राफ्ट बनाइँदैन भन्ने थाहा भएपछि उनले आफ्नै घरको छतमा विमान बनाउन सुरु गरेका थिए । 

उनले सन् २००३ सम्ममा दुई एयरक्राफ्ट बनाइसकेको तर दुवै असफल भएको बताएका छन् । अनि ६ वर्ष पहिले उनले फेरि नयाँ विमान बनाउन सुरु गरेका रहेछन् । योबीचमा उनले विमान बनाउनका लागि मात्र ५ करोड भारतीय रुपैयाँ खर्च भएको जानकारी भारतीय मिडियालाई दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ११:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया