अष्ट्रेलियाका सबै पत्रिकाले सोमबार किन पोते आफ्नो पहिलो पानामा कालो मसी ?

एजेन्सी– अष्ट्रेलियाली पत्रिकामा सोमबार एक अभूतपूर्व घटना देखिएको छ । सोमबार त्यहाँबाट प्रकाशित भएका सबै पत्रिकाले आफ्नो पहिलो पाना कालो रंगमा मात्र छापेका छन् ।

त्यहाँको सरकार मिडियामाथि लगाम लगाउने प्रयास गरेपछि अष्ट्रेलियाली पत्रपत्रिकाले यो निर्णय गरेका हुन् । 

अष्ट्रेलियाली सरकारले कडा कानुन ल्याएर जानकारीहरु सर्वसाधरणसम्म पुग्नबाट वन्चित गर्ने उद्देश्य लिएपछि अष्ट्रेलियाली पत्रपत्रिकाले यो कदम उठाएका हुन् ।

त्यहाँका पत्रिकाले सोमबार गत जुनमा अष्ट्रेलियाको मिडिया हाउस अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) र एक पत्रकारको घरमा छापा मारेपछि त्यसको विरोध गरिरहेका थिए । सोमबार पत्रपत्रिकाको पहिलो पेज ब्ल्याक एन्ड ह्वाइट बनाउनु पनि त्यही विरोध सिलसिलाको निरन्तरता भएको जनाइएको छ ।

त्यहाँका पत्रिकाको यो अभियान– राइट टु नो कोलिसन– लाई त्यहाँका टिभी, रेडियो तथा अनलाइन समूहले पनि समर्थन गरेका छन् । यो अभियान चलाउनेहरुल्े पछिल्ला दुई दशकमा अष्ट्रेलियामा यस्ता कडा कानुन ल्याइएको बताएका छन् जसका कारण त्यहाँको खोज पत्रकारितमा समस्या परेको छ । 

सोमबार अष्ट्रेलियाको सबैभन्दा ठूलो पत्रिका तथा उसका प्रतियोगी सबैले एकजुट भएर पहिलो पृष्ठमा लेखिएका सबै शब्दमा कालो मसीले पोतिदिएका छन् । अनि त्यहाँ एउटा रातो स्ट्याम्प लगाइएको छ, लेखिएको छ– सिक्रेट ।



यी अखबारहरुले राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लगाइएको आरोप लगाएका छन् । तर, सरकारले त्यहाँ प्रेस स्वतन्त्रताको समर्थन आफूहरुले गरिरहेको बताएको छ । 



न्युज कर्प अष्ट्रेलियाका अध्यक्षले आफ्नो पत्रिकाको पहिलो पाना ट्विट गर्दै सरकारलाई सोधेका छन्, ‘तिमीहरु हामीबाट के छिपाउन खोजिरहेका छौ ?’

अरु सबै पत्रिकाले पनि यस्तै गरेका छन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले चाहिँ प्रेस स्वतन्त्रता महत्वपूर्ण भएको तर कानुनी राज्य पनि कायम गनु पर्ने बताएका छन् । उनले भनेका छन्, ‘त्यो त मलाई पनि लागु हुन्छ, वा कुनै पत्रकारका लागि पनि ।’

  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १२:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया